Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना संक्रमण देखिएको हो । यसअघि काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले गरेको र्‍यापिड टेष्टमा कोरोना संक्रमण नदेखिएपछि उनलाई क्वारेन्टाइनबाट १४ दिन पछि घर पठाइएको थियो ।

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थि ए। उनीहरुलाई स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए ।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको  ५१ जनामध्ये ४४ जनाको चैत्र २५ मा काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले र्‍यापिड टेष्टकिटबाट परीक्षण गरेको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । त्यसपछि उनी भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।

तर पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । आइतबार वीरगञ्जमा तीन भारतीय नागरिकलाई कोरोना संक्रमण देखिएपछि देशभर संक्रमितको संख्या १२ पुगेको थियो

तपाईको प्रतिक्रिया