मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो – चर्चित भिडियो गेम निर्माता कम्पनी निन्तेन्दोले जापानभित्र निन्तेन्दो स्वीचको बितरण बन्द गरेको छ । कोरोना भाइरसका कारण उत्पादनमा कमी आएका कारण चर्चित भिडियो गेम कन्सोल ‘निन्तेन्दो स्वीच’को आन्तरिक वितरण बन्द गर्न लागिएको कम्पनीले एक विज्ञप्तीमार्फत जनाएको छ ।

निन्तेन्दो स्वीचसंगै ‘निन्तेन्दो स्वीच लाइट’को आन्तरिक वितरण समेत बन्द गरिएको छ तर युरोप तथा अमेरिकी बजारमा भने ति उपकरणहरुको बिक्री नरोकिने बताइएको छ । कम्पनीका अनुसार ति क्षेत्रमा उपकरणहरुको भण्डारण प्रयाप्त छ ।

कोरोना भाइरसका कारण चीन र भियतनाममा उत्पादन गरिने गेम कन्सोलहरुको आयातमा ढिलाइ भएका कारण जापानभित्रको वितरण रोकिएको हो । वितरण कहिलेदेखि सुरु गर्ने भन्नेबारे केही बताइएको छैन ।

तपाईको प्रतिक्रिया