Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले सात दिन यता कोरोना भाइरसको नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए ।

प्रत्येक दिन सात/आठ सय भन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको समेत उनले जानकारी दिए । परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमाडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको छ ।

अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा ८ हजार ८२ जना रहेको उनले बताए । क्वारेन्टाइनमा बसेका सबैको र्‍यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया