Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का निको हुन बाँकी संक्रमित र मृत्यु हुनेको संख्यामा पनि कमी आउन थालेको छ ।

शुक्रबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण छ सय पाँच जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको यो संख्या मार्च २३ यताकै कम हो । स्पेनमा समग्रमा मृतकको संख्या १५ हजार आठ सय ४३ पुगेको छ ।

अलजजिराकाअनुसार शुक्रबार स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा चार सय ६८ संक्रमित थपिएको जानकारी दिएको छ । यो वृद्धि मार्च ११ यताकै कम हो । यससँगै स्पेनमा निको हुन बाँकी रहेका संक्रमितको संख्या ८५ हजार पाँच सय ११ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा चार हजार पाँच सय ७६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै संक्रमित हुने मानिसको संख्या एक लाख ५७ हजार २२ पुगेको छ । बिहीबार प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनमा महामारी नियन्त्रणतर्फ अघि बढिरहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया