Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ ।

भारतमा बिहीबार राति यता ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक अनुसार बिहीबार राति नै ५ सय ४७ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ । ५ सय संक्रमित भने उपचारपछि निको भइसकेका छन् ।

भारतका महाराष्ट्र, तमिलनाडु र दिल्ली कोरोना भाइरसबाट बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । महाराष्ट्रमा १३ सय ६४, तमिलनाडुमा आठ सय ३४ र दिल्लीमा सात सय २० कोरोनाका बिरामी देखिएका छन् । कोरनाका कारण महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया