Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । सोमबार साँझसम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख २३ हजार ४ सय ८१ पुगेको छ । तथ्याङ्क संकलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७३ हजार ६ सय ४ पुगेको छ । सोमबार सबैभन्दा बढी फ्रान्समा ८ सय ३३ जनाको ज्यान गएको छ भने अमेरिकामा ७ सय ५४ जनाको ज्यान गएको छ । त्यस्तै इटालीमा ६ सय ३६ जना र स्पेनमा ५ सय २८ जनाको ज्यान गएको छ । अघिल्ला दिनहरुभन्दा इटाली र स्पेनमा मृत्युदर घटेको छ, फ्रान्समा बढेको छ ।

त्यस्तै, बेलायतमा एकैदिन ४ सय ३९ जनाको ज्यान गएको छ । उता बेल्जियम र नेदरल्यान्डमा क्रमश १८५ र १०१ जनाको ज्यान गएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार इटालीमा सबैभन्दा बढी १६ हजार ५ सय २३, स्पेनमा १३ हजार १६९, अमेरिकामा १० हजार, ३ सय ७०, फ्रान्समा ८ हजार ९ सय ११, बेलायतमा ५ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । सोमबार सबैभन्दा बढी अमेरिकामा १५ हजार ४ सय ८७ जना नयाँ संक्रमित देखिएका छन् भने इटालीमा ३३ सय ८६ र स्पेनमा ३५ सय ९९ जना नयाँ संक्रमित देखिएका छन् । त्यस्तै बेलायतमा ३८ सय २ जना नयाँ संक्रमित देखिएका छन् । अमेरिकामा अहिलेसम्म कूल संक्रमितको संख्या ३ लाख ५२ हजार १६० पुगेको छ भने स्पेनमा १ लाख ३५ हजार ३२, इटालीमा १ लाख ३२ हजार ५ सय ४७, जर्मनीम १ लाख १ हजार १७८ फ्रान्समा ९८ हजार १० जनामा संक्रमण पुष्टि भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया