Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं –

सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए । हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए ।

डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया