Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – जापान सरकारले कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थिति र यसबाट पर्न गएको नकारात्मक प्रभावले न्युन आय भएका त्यसमाथि पनि नियमित हुने कमाइमा असर परेका १ करोड घरपरिवारलाई ३ लाख येन रकम राहतस्वरुप उपलब्ध गराउने भएको छ ।

वार्षिक आयका आधारमा न्युनतमबाट क्रमानुसार १ करोड घरपरिवार भित्र पर्ने स्वदेशी तथा विदेशी नागरिकलाई स्थानीय सरकारले सो राहत रकम बितरण गर्ने अधिकारीहरु बताउँछन् । तथापि यसको बिस्तृत मापदण्ड भने केन्द्रीय सरकारले स्थानीय सरकारलाई अझै उपलब्ध गराई नसकेको बुझिएको छ । सो प्राप्त भएपछि स्थानिय निकायले आफ्ना नागरिकलाई जानकारी गराउने र त्यसपछि मापदण्डभित्र पर्ने घरपरिवारले आम्दानीको आकार घटेको प्रमाणसहित आवेदन गर्न सक्ने बताईएको छ ।

कोरोनाका कारण प्रत्यक्ष असर परी कमाईको आकार घट्न गई जीवनयापनमा परेको असरलाई थोरै भए पनि संबोधन गर्न जापान सरकारले यस्तो राहत बितरण गर्न लागिएको बताईएको छ ।
यसका लागि आफु रहेको सिटी कार्यालयबाट बिस्तृतमा जानकारी लिन सकिने अधिकारीहरु बताउँछन् ।***

तपाईको प्रतिक्रिया