Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्वास्थ्य मन्त्रालयले १४ दिनमात्र क्वारेन्टाइनमा बसेर नपुग्ने बताएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले १४ दिन क्वारेन्टाइनमा बसेर नपुग्ने बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १४ दिन क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको भन्दै यसको अवधि लम्बाउनु पर्ने बताए ।

‘क्वारेन्टाइनमा १४ दिन बसिसकेको अवस्थामा तपाईंहरू अझ पनि बस्नुपर्ने हुन्छ,’उनले भने,’यो लकडाउनको स्थितिमा हामी पनि एक खालको क्वारेन्टाइनमा भएको अवस्था छ ।

हामीले देखेअनुसार अहिले १४ दिन कटिसकेकोलाई पनि पोजिटिभ देखिएको छ ।’ उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर पनि पोजिटिभ देखिएको हुँदा त्यसको अवधि बढाउनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया