Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

मुम्बई । मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ । दुई संक्रमितले ज्यान गुमाएका छन्‌ ।

धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ । यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा बढी छ । धारावी झोपडपट्टी फैलिएको क्षेत्रको हरेक एक वर्गकिलोमिटरमा दुई लाख ८० हजार मानिसहरु बसोबास गर्छन् । निम्न आय भएका हजारौं मानिसहरु अव्यवस्थित रुपमा बस्ने गरेको झोपडपट्टीमै कोरोना संक्रमितको ज्यान गएपछि चिकित्सकहरुले भारत सरकारलाई तत्काल युद्धस्तरमा यसको रोकथाम गर्न आग्रह गरेका छन् ।

त्यहाँको सरसफाई र स्वास्थ्यअवस्था सुधार नगरे युरोप र अमेरिकामा झैं क्षति ब्यहोर्नुपर्ने उनीहरुले चेतावनी दिएका छन् । मुम्बईमा रहेको धारभी झोपडपट्टी दक्षिण एसियामै सबैभन्दा धेरै शहरी गरीबहरु बस्ने स्थान हो । भारतको आर्थिक राजधानी मुम्बईमै गरीबहरुको यस्तो झोपडपट्टी विस्तार हुँदा भारत अन्तर्राष्ट्रियस्तरमै आलोचित हुँदै आएको छ ।

कोरोना संक्रमण पुष्टि भएको केही घन्टाभित्रै ती मानिसको मृत्यु भएको र निज अन्यत्र स्थानमा आवतजावत गरेको यात्रा विवरण समेत नभएको चिकित्सकहरुले जानकारी दिएका छन्। स्वास्थ्य समस्या बढ्दै गएपछि उनलाई स्थानीय अस्पताल पुर्‍याइएको सीएनएनले उल्लेख गरेको छ । मृतकको परिवारका केही सदस्यहरुको स्वास्थ्यजाँच गरी होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको झुप्रो वरिपरि रहेका ३०० वटा घर एवम् पसलहरुलाई शील गरिएको छ ।

गत बिहीबार पनि यही झोपडपट्टीका ५२ वर्षीय एक पसलेमा कोरोना संक्रमण भेटिएको थियो । संक्रमण नियन्त्रण र रोकथाम नगरे भयावह र व्यवस्थापन नै गर्न नसकिने स्थिति निम्तिने चिकित्सकहरुले बताएका छन् । मानिसहरुको निकै बाक्लो बसोबास रहेकाले धारावीमा कोरोना संक्रमण फैलावट दर कल्पनाभन्दा पनि बाहिर रहेको हुनसक्ने आंकलन गरिएको छ । यो झोपडपट्टीमा खचाखच बसेका मानिसहरुमा भौतिक दुरी कायम गर्नु असम्भवजस्तै छ । यहाँ स्वास्थ्यसेवा र सरसफाईको अवस्था निकै दयनीय छ ।

अहिले विश्वव्यापी कायम गर्न भनिएको भौतिक दुरी घरभित्र पर्याप्त स्थान भएका मध्यमवर्गका लागि मात्रै अनुकुल देखिन्छ । भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालका व्यवस्थापकीय निर्देशक डा. नरेश तेह्रानले जतिसक्दो चाँडो संक्रमण रोक्न र यो फैलनुको कारण पत्ता लगाउनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया