Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्यामा स्पेनले इटलीलाई उछिनेको छ। स्पेनमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख ८८ हजार पुगेको विवरण सार्वजनिक भएको छ।

कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुकहरूको सूचीमा स्पेन अहिले दोस्रो स्थानमा छ। अधिकारीहरूका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ३२ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसको सङ्क्रमणका कारण त्यहाँ मृत्यु हुनेहरूको कुल सङ्ख्या १० हजार ९ सय ५ पुगेको छ। सबैभन्दा बढी प्रभाव मड्रिडमा देखिएको छ जहाँ हालसम्म ४ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन्।

मड्रिड क्षेत्रका अध्यक्षका अनुसार गत मार्च महिनामा त्यहाँका स्याहार केन्द्रहरूमा करिब ३ हजारले ज्यान गुमाएका थिए र अहिलेको आँकडा सामान्य अवस्थाभन्दा करिब दुई हजार बढी हो। सङ्क्रमणका कारण स्याहार केन्द्रहरूमा हाल कर्मचारी अभाव देखिएको छ।

गत महिना अवकाश प्राप्त मानिसहरू बस्ने निवासमा बसेकाहरूलाई सहयोग गर्न सेना बोलाउनुपरेको थियो। उनीहरूले त्यहाँ वृद्ध बिरामीहरूलाई अलपत्र अवस्थामा भेटाएका थिए। कतिपयको ओछ्यानमै मृत्यु भइसकेको थियो।

कोभिड-१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो। मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै नौ लाख मानिसले आफ्नो जागिर समेत गुमाएका छन्।

अमेरिकामा त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसले बेरोजगारी सुविधाका लागि निवेदन दिएका छन्।

रुसमा यसअघिको म्याद थप्दै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई एप्रिल अन्त्यसम्म कामबाट टाढा रहन भनेका छन्। ***

तपाईको प्रतिक्रिया