Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

पोखरा – स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे । यस्तै कास्कीमा कोरोना भाइरस संक्रमित हालसम्म नभेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखराबाट केही नमुना थप परीक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाएको बताए । ‘मेसिन नयाँ भएकोले दोहोरो, तेहोरो परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘दोहोरो चेक नगरी रिजल्ट बाहिर आउँदैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पीसीआर मेसिनमा जाँच गरिएका स्वाब केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण भइरहेको उनले बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षणको लागि शुक्रबार विहान केन्द्रीय प्रयोगशाला पठाएको बताएका थिए ।

तपाईको प्रतिक्रिया