Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरस (कोभिड-१९) अप्रिल महिनाको अन्तिमसम्म नियन्त्रणमा आउने एक चिनियाँ विज्ञले दाबी गरेका छन् ।

कोभिड-१९ सम्बन्धी चिनियाँ सरकारले तयार पारेको विज्ञहरुको समूहका एक सदस्य तथा चीनका श्वासप्रस्वास सम्बन्धी रोगका विज्ञ जोङ नासानले शन्जेनले एक टेलिभिजनसँगको अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् ।  सो अन्तर्वार्तामा उनले विश्वभर अप्रिल अन्तिम सम्ममा कोरोना नियन्त्रणमा आउने, यद्यपी आगामी स्प्रिङमा पुनः आउटब्रेक हुन्छ वा हुँदैन यो भने अनिश्चित रहेको बताएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

‘सबै देशहरुले आक्रमक र प्रभावकारी रुपमा रोकथामका उपायहरु अपनाइरहेका छन्। मलाई विश्वास छ, यो संक्रमण नियन्त्रणमा आउनेछ। मेरो अनुमान अप्रिलको अन्त्यसम्म हुनेछ’, जोङ नासानलेले भनेका छन्- ‘अप्रिलको अन्त्यपछि अर्को भाइरस आउटब्रेक आगामी स्प्रिङमा हुन्छ या हुँदैन अथवा पूर्ण रुपमा गर्मी मौसममा हराउँछ भन्ने कुरा अहिले नै कसैले भन्न सक्दैन। तर, पनि भाइरसको गतिविधि निश्चित रुपमा उच्च तापक्रममा हराउँछ ।’

जोङले के आधारमा आफू उक्त निष्कर्षमा पुगेको सोबारे भने खुलाएका छैनन् । तर, अन्य विज्ञले पनि अमेरिका र युरोपमा भइरहेको पछिल्लो विकासक्रमलाई हेरेर यस्तै प्रक्षेपण गरिरहेका छन् ।  विश्व स्वास्थ्य संगठन डब्लएचओका स्वास्थ्य आपतकालीन कार्यक्रमका निर्देशक माइक रियनले यस साता यस्तै प्रक्षेपण गरेका थिए । उनले आउटब्रेक स्थिर हुने बताएका थिए।

कोरोना रोकथामको प्रभावकारी र प्राथमिक उपाय भनेको मानिसहरुलाई घरमै सीमित बनाउनु रहेको उनको भनाइ छ । कोरोना संक्रमणबाट विश्वभर ५० हजार नाघेको छ भने १० लाख बढी मानिसहरु संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया