Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको छ।

यसअघि ओम्नी ग्रुपलाई सो जिम्मेवारी दिएकोमा सरकारले सम्झौताबमोजिम सामग्री ल्याउन नसकेको भनी सो कम्पनीसँग सम्झौता रद्द गरेको थियो ।

बिहीबार रक्ष मन्त्रालयलाई पठाइएको पत्रमा चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट सामान ल्याउन भनिएको छ।

‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत् सरकार–सरकार (जीटूजी) बिधिबाट खरिद गर्ने भएको छ।

अब सेनाले नै आवश्यक पर्ने मेडिकल सामग्रीहरुको सूची तयार गरी खरिदसम्मको प्रक्रिया अगाडि बढाउने छ ।

सैनिक स्रोतका अनुसार अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी समेतको सहभागीतामा आवश्यक सामग्रीको सूची तयार गर्ने काम भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया