Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारले ओम्नी समूहसँगको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ ।

चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला ओम्नी समूहसँग भएको खरिद सम्झौता रद्द गरिएको हो । ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित प्रेस ब्रिफिङमा उनले ओम्नी समूहले सरकारले भने अनुसारका स्वास्थ्य सामग्री ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताए । ‘पहिलो चरणमा सरकारले भनेअनुसार सामान ल्याउन सकेन र दोस्रो चरणको सामान कहिले ल्याउने भन्ने स्पष्ट पार्न नसकेकाले सम्झौता रद्द गरिएको हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया