शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – नायिका आँचल शर्माले पनि चितवनका जमिन्दार उदीप श्रेष्ठसँग धूमधाम बिहे गरिन्। पेसाले चिकित्सकसमेत रहेका उदीपकी दोस्रो पत्नी बनेकी आँचलको चर्चा बिहेभन्दा पछि झनै चुलिएको छ।

नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए ।

यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको चर्चा जताततै  छ । नायिका आँचल शर्माले शनिबार आयोजित पार्टीका लागि मात्र १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो ।

यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो । यो लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ ।

यो पहिरनको डिजाइनको समयमा आँचल र उदिप ४ पटक भारत गएका थिए ।

यस्तै, नायिका आँचल शर्माले शनिबार बिहे पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया