मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्नेत भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि फागुन १८ गते प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुपूर्व नेकपा सचिवालयको बैठक बसेको थियो । प्रधानमन्त्रीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गराएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।

सो बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने जनाइएको छ । मिर्गाैला प्रत्यारोपण गराई डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले भेटघाट गर्न थालेका छन् भने सक्रियता पनि बढाएका छन् ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा कोरोनाविरुद्ध लढ्नका लागि बसेको सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठकमा सहभागी भएका थिए ।

यसअघिको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेकामा निर्णय भइसकेपछि ओलीले त्यसलाई अस्वीकार गरिदिएका थिए ।

ओलीको उक्त कदमपछि नेकपामा विवाद बढेको थियो । यसै पृष्ठभूमिका प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । सचिवालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा क्रिायाशील हुन कार्यकर्तालाई निर्देशन दिनसक्ने सम्भावना रहेको एक नेताले बताए ।

तपाईको प्रतिक्रिया