Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्ति नहुँदासम्मका लागि कामु गभर्नरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाउने भएका छन् । उनलाई अर्थ मन्त्रालयले आज बुधबारदेखि नै राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी सम्हाल्नका लागि पत्र पठाएको छ । अर्थ मन्त्रालयको यस्तो निर्णयसँगै शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

कानुनी रूपमा गभर्नरको कार्यकाल सकिन एक महिनाअघि नै आगामी नयाँ गभर्नरको नियुक्तिका लागि छनोट समिति गठन गर्ने प्रचलन भए पनि सरकारले कार्यकाल सकिएको अन्तिम दिनसम्म पनि अझै नयाँ गर्भनर नियुक्तिको प्रक्रिया टुंगो लगाउन सकेको छैन । बल्ल वर्तमान गभर्नर नेपालको पाँच वर्षे कार्यकाल सकिने अन्तिम दिन मात्र सरकारले कामु गभर्नरमा शिवाकोटीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम सिफारिस समितिले गरेको सिफारिसकै आधारमा सरकारले आगामी नयाँ गभर्नर नियुक्ति गर्नेछ । जसका लागि मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्ति गर्न अर्थमन्त्री खतिवडाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्नेछ । जसमा राष्ट्र बैंकका पूर्वगभर्नरहरू मध्येबाट एक जना सदस्य र आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका एक प्रतिष्ठित व्यक्तिबाट समिति गठन गरिनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया