बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – ओस्कार विजेता अभिनेता टम ह्यांक्स र पत्नी रिटा विल्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस(कोभिड-१९) को संक्रमण देखिएपछि ह्यांक्स दम्पती ५ दिनअघि अस्पताल भर्ना भएका थिए ।

अमेरिकी म्यागजिन ‘पिपल’ का अनुसार उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु अहिले अस्ट्रेलियामा भाडामा लिएको घरमै ‘होम क्वारेन्टाइन’ मा रहनेछन् । गत हप्ता ह्यांक्सले ट्विटरमार्फत आफू र पत्नी रिटालाई कोभिड-१९ पोजिटिभ देखिएको बताएका थिए ।

ह्यांक्स एल्भिस प्रिस्लेको जीवनीमा आधारित चलचित्रको छायांकनका लागि अस्ट्रेलियामा रहेका छन् । वार्नर ब्रस कम्पनीको ब्यानरमा बन्न लागेको ‘बायोपिक’ मा टम ह्यांक्स प्रिस्लेका म्यानेजर टम पार्करको भूमिकामा देखिँदैछन् । चलचित्रलाई प्रख्यात निर्देशक ब्यान लहरम्यानले निर्देशन गर्दैछन् ।

टम ह्यांक्सले सन् १९९४ मा ‘फिलाडेल्फिया’ र सन् १९९५ मा ‘फरेस्ट गम्प’ बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनी ‘सेभिङ प्राइभेट र्‍यान’, ‘बिग’, ‘कास्ट अवे’, ‘अ ब्युटिफुल डे इन द नेइबरहूड’, ‘क्याप्टेन फिलिप्स’ ‘क्याच मि इफ यु क्यान’, ‘द टर्मिनल’ लगायतका चलचित्रमा प्रमुख भूमिकामा देखिएका छन् ।

तपाईको प्रतिक्रिया