Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्। नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्।

चेम्बरद्वारा गठित  कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दैछन्।

मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्रा बताएका छन् । प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताएका छन् । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।

तपाईको प्रतिक्रिया