Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

तेहरान – चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण अहिले विश्वका धेरै देशहरुमा तीब्र रुपमा फैलिएको छ । कोरोनाको संक्रमणबाट सर्वसाधरण नागरिक मात्र नभई उच्च अधिकारीहरु समेत शिकार बनेका छन् ।

इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् । क्याबिनेट बैठकमा इब्तेकर राष्ट्रपति हसन रूहानीको नजिकै बस्ने गर्थिन् । बिहीबार पनि उनी क्याबिनेट बैठकमा सहभागी भएकी थिइन् ।

कोरोना संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इरानमा कोरोना संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी हुन् । अरू कुनै पनि देशमा उच्च तहका यतिधेरै सरकारी अधिकारीलाई उक्त भाइरसले छोएको छैन ।

इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण पाइएको थियो । इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोरोना संक्रमण भइसकेको छ ।

तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ । इरानमा कोरोनाबाट हालसम्म २६ जनाको ज्यान गएको छ भने २४५ जना संक्रमित छन् । बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ।

इरानमा सबैभन्दा बढी कोम शहरमा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ । स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ । साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ ।

तपाईको प्रतिक्रिया