Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मिस नेपालको २०२० को लागि आवेदन खुला गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा मिस नेपालको आयोजक ’द हिडन ट्रेजर’ ले आवेदन खुला गरिएको जानकारी गराएको थियो ।

‘द हिडन ट्रेजर’ ले आफ्नो स्थापनाको २५ वर्ष मनाउँदै गरेको सन्दर्भमा सन् २०२० को मिस नेपालको लागि नयाँ आवेदन खुला गरिएको छ । मिस नेपाल २०२० मा सहभागी हुन चाहने प्रतियोगीहरूले मिस नेपालको आधिकारिक वेवसाइटमार्फत आवेदन दिन सक्नेछन्,’ – आयोजक द हिडन ट्रेजरका दिवाकर राजकर्णीकारले भने, ‘फाईनलमा यसपटक २० देखि २५ जनासम्म प्रतियोगीहरू सहभागी हुनेछन् ।’

मिस नेपाल २०२० को लागि आगामी चैत १४ सम्म आवेदन खुला गरिएको छ । प्रतियोगितामा १८ देखि २६ वर्षमा ५ फिट ४ इञ्च उचाई भएका अविवाहित नेपाली नागरिकतासहित नेपाली पासपोर्ट भएका युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको छ । यसपटक मिस नेपालको अडिसन राजधानीबाहेक धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा हुनेछ ।

यस वर्षमिस नेपालको फाईनल आगामी वैशाख ३ मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुनेछ ।***

तपाईको प्रतिक्रिया