Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

कोभिड-१९ को संक्रमण देखिएपछि जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारतको नयाँदिल्ली ल्याइएको छ।

पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले ती नेपालीको पनि उद्धार गरेको हो।

भारतीय विदेश मन्त्रालयका अनुसार क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको छ।

उक्त जहाजले ११९ जना भारतीय र पाँच विदेशीलाई उद्धार गरेर ल्याएको हो। भारतीय विदेशमन्त्री ए जयशंकरले उद्धार गरिएकामध्ये २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन्।

उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन। डायमण्ड प्रिन्सेसबाट ल्याइएकाहरूलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने जनाइएको छ।

डायमण्ड प्रिन्सेसभित्र रहेका यात्रुहरूमध्ये सात सय चार जनालाई कोभिड १९ देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ।

संक्रमण नफैलियोस् भनेर उक्त पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको छ।

तपाईको प्रतिक्रिया