Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी महामारीका रूपमा अघि बढेको भन्दै यसको सामना गर्न तयार रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आग्रह गरेको छ ।

डब्लूएचओले कोरोना भाइरस विश्वव्यापी महामारी बन्न लागेको भन्दै यससँग जुध्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने बताएको छ । कोरोना भाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ‘तयारीको चरणमा’ रहनुपर्ने डब्लूएचओले जनाएको छ । स्वासप्रश्वासको समस्या उत्पन्न गराउने कोभिड–१९ को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ ।

सोमबार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको बताइएको छ। ती सबै देशमा संक्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। डब्लूएचओका अनुसार इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोना भाइरसका नयाँ घटना ‘निकै चिन्ताजनक’ रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया