Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं –  नेपाली हवाई यात्रुलाई भारतले कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण भए-नभएको जाँच (स्क्यान) गर्ने भएको छ । भारतको क्याविनेट सचिवस्तरीय बैठकले शनिबार काठमाडौंबाट उड्ने विमानका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो ।

नेपालसँगै इण्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत पुगेका यात्रुको पनि विमानस्थलमा स्क्रिनिङ गर्ने भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतले आफ्ना नागरिकलाई अनावश्यक रूपमा सिङ्गापुरको यात्रा नगर्न समेत सुझाव सचेत गराएको छ । भारतमा अहिलेसम्म २१ हजार आठ सय पाँच जनालाई सामुदायिक निगरानीमा राखिएको छ । तीन लाख ९७ हजार १५२ जना विमान यात्रु र नौ हजार ६९५ समुन्द्री बन्दरगाहमा स्क्रिन जाँच गरिसकेको छ ।

तपाईको प्रतिक्रिया