शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – युक्रेनको एउटा सहरमा प्रदर्शनकारीहरूले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्धार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण गरेका छन् । ती मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन् । युक्रेनको सुरक्षा निकायका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोभिड-१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो ।

सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको एउटा विज्ञप्तिमा उल्लेख छ । चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो ।

उनीहरूलाई छवटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए । स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया