शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ – अमेरिकी सांसद तथा एसिया, प्रशान्त एवं परमाणु अप्रसार उपसमिति (एचएफएसी) का अध्यक्ष एमी बेराको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने नेपाल भ्रमणमा बिहीबार काठमाडौं आइपुगेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार भ्रमणको उद्देश्य नेपालमा अमेरिकी विदेश नीति र सहायताका बारेमा जानकारी लिनु हो ।

प्रतिनिधिमण्डलले सरकारी अधिकारी, नागरिक समाजका सदस्य, काठमाडौंस्थित अमेरिकी दूतावास र मिलेनियम च्यालेन्ज कर्पोरेसनका अधिकारीसँग भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

नेपाल आउनुअघि बेरा नेतृत्वको प्रतिनिधिमण्डलले भारत र श्रीलंकाको भ्रमण गरेको थियो । भ्रमण दलका अन्य सदस्यमा सांसद जर्ज होल्डिङ, सदस्य–हाउस वेज एन्ड मिन्स कमिटीका सदस्य, निकोल बरोज, एसिया, प्रशान्त एवं परमाणु अप्रसार उपसमितिका निर्देशक र एचएफएसीका वरिष्ठ कर्मचारी साजित गान्धी रहेको राजदूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया