शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – विदेशी नागरिक नेपालमा बसेर राहदानी र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा बिहीबार राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेको ‘अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६’ मा उक्त सजायको व्यवस्था गरिएको हो । राहदानी दुरुपयोग, केरमेट वा अनधिकृत प्रयोग गर्ने तथा झूटा विवरण देखाएर नेपाली भिसा लिने विदेशीलाई ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।

त्यस्तो कसुरमाथि जिल्ला अदालतले टुंगो लगाउने प्रस्तव गरिएको छ । त्यसैगरी, विदेशी राहदानी वा नेपाली भिसा सच्याउन र नक्कली राहदानी तथा नक्कली भिसा प्रयोग गर्न सघाउनेलाई २ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था विधेयकमा छ ।

तपाईको प्रतिक्रिया