शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्।

ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानिय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलन सक्ने भन्दै आक्रमण गरेका हुन्।

आक्रमण भएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन्।

बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानप्रान्तबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो।

तपाईको प्रतिक्रिया