शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – बागलुङ बुर्तिबाङ घर भई टोकियोमा बस्दै आउनुभएकी लालकुमारी चालिसे कुँवरको हिजो बिहीबार उपचारका क्रममा चोफु अस्पतालमा निधन भएको छ ।

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ३ हिल माइत र बुर्तिबाङ घर भएकी ४२ वर्षिय कुँवरको मुटुको शल्यक्रिया गर्ने क्रममा हिजो बिहीबार चोफुस्थित साकाइबारा हर्ट इन्स्टिच्यूट हस्पिटलमा निधन भएको ताराखोला समाज जापानका संरक्षक नरबहादुर थापाले समुद्रपारिलाई जानकारी दिनुभयो ।

पारिवारिक स्रोतका अनुसार मुटु सम्बन्धि समस्याबाट पीडित कुँवरको करीव २० वर्ष अगाडि मुटुको भल्भ फेरिएको थियो । हालै पुनः समस्या बल्झेपछि गत फेब्रुअरी ४ देखि उहाँ उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । मुटुको शल्यक्रिया गर्ने क्रममा शल्यक्रिया सफल नभएपछि उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
करीव ४ वर्ष अगाडि जापान आउनुभएकी स्वर्गिय कुँवरको श्रीमान जापानमै हुनुहुन्छ।

स्व. कुँवरको अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि आउँदो सोमबार अपरान्ह २:४० बजे मेगुरो नजिकैको फुदोमायमा गरिने बताईएको छ ।***

तपाईको प्रतिक्रिया