आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – मकवानपुरको दामनमा रहेको ‘एभरेष्ट पानोरमा रिसोर्ट’ बन्द हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त रिसोर्टलाई मंगलबारदेखि तीन महिनासम्म निलम्बन गरेकाले निलम्बन अवधिभर बन्द हुने भएको हो ।

मन्त्रालयअन्तर्गत पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले रिसोर्टले निलम्बन अवधिभर केही गर्न नपाउने जनाए । ‘अब केही गर्न पाउँदैन, तीन महिना बन्द हुन्छ,’ उनले भने, ‘पर्यटन ऐनअनुसार दर्ता प्रक्रिया पनि गरिएको छैन ।’ उक्त रिसोट, कम्पनी रजिष्टर कार्यालय र उद्योग विभागमा भने दर्ता रहेको पाइएको छ।  स्थानीय तहमा पनि रिसोर्टले व्यवसाय दर्ता गरेको देखिन्छ । तर, पर्यटन ऐन अनुसार दर्ता गरेको पाइएको छैन ।

पर्यटन विभागका महानिर्देशक घिमिरेले रिसोर्टमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि नभएको पाइएको बताए । ‘हर्ट डिटेक्सन मेसिन जडान गर्नुपर्ने, बेडहरू पनि त्यही किसिमको हुनुपर्ने र एयर कुलर बनाउनुपर्ने, केही पनि देखिएन,’ उनले भने, ‘रिसोर्टमा न्यूनतम पूर्वाधार त हुनु पर्‍यो नि, त्यही भएर प्रक्रिया पूरा गरेर चलाउन भनेर तीन महिना निलम्बन गरिएको हो ।

यसैबीच रिसोर्टले वातावरण परीक्षण प्रतिवेदन पनि नगरेको पाइएको छ। केही साता अगाडि उक्त रिसोर्टमा आठ जना भारतीय नागरिकले निस्सासिएर ज्यान गुमाएका थिए ।***

तपाईको प्रतिक्रिया