Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिदेशीय श‌ृङ्खलामा अपराजित यात्रालाई निरन्तरता दिने क्रममा ओमानले मङ्‌गलबार अमेरिकामाथि ९२ रनको जित हासिल गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ८४ रन बनाउँदा ३९.१ ओभरमा सबै विकेट गुमाएको थियो । ओमानका बिलाल खान र अकिब इलियासले ३/३ तथा जीशान मक्सुदले २ र मोहम्मद नदीमले १ विकेट लिएपछि अमेरिका लक्ष्यभन्दा निक्कै सानो स्कोरमा सीमित भएको थियो ।

अमेरिकाका लागि निशर्ग पटेलले बनाएको ५२ रन सबभन्दा ठूलो स्कोर थियो । निशर्गले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । तीन रनले अर्धसतक बनाउनबाट चुकेका आरोन जोन्स ४७ रनमा अविजित रहे । जोन्सले ७९ बलमा ३ चौका प्रहार गरे । अमेरिकाका लागि इयान हल्यान्डले ३२ बलमा २८ रन बनाए भने ओपनर जेभियर मार्शलले ३९ बलमा २३ रनको इनिङ खेले । यसैगरी रस्टी थेरोनले ११ बलमा १२ रन बनाए। अमेरिकाका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङका लागि निम्त्याइएको ओमानका लागि अकिब इलियास र कप्तान जिशान मक्सुदले सतकीय इनिङ खेलेपछि टोली निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रनको ठूलो योगफल बनाउन सफल भएको थियो ।

ओमान १० खेलमा ८ जितसहित १६ अंकका साथ लिगतालिकाको शीर्ष स्थानमा छ । ११ खेलमा ६ जित हासिल गरेको अमेरिका १२ अंकका साथ दोस्रो स्थानमा छ। तीन खेलमा एक जित हासिल गरेको नेपाल २ अंकका साथ छैटौं स्थानमा सीमित छ । ७ देश सहभागी लिग-२ मा हरेक टिमले चार वर्षको बीचमा ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछन् । शीर्ष तीनमा रहने टोली विश्वकप २०२३ लाई छानिन्छन् ।

तपाईको प्रतिक्रिया