काठमाडौँ – अकिब इलियासको शतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २४९ रन बनायो । ओमानले १६ बल बाँकी हुँदा उक्त लक्ष्य भेट्टायो । इलियाजले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् । उनलेअविजित१०८ रन बनाएका हुन् । त्यस्तै कप्तान जिसन मक्सुद ६८ रन बनाइ अविजत रहे। दुवैको एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोरहो ।
इलियाजले १०६ बल खेली १२ चौका र १ छक्का प्रहार गरे । मक्सुदले ७८ बल खेली ८ चौका प्रहार गरे । ओपनर जतिन्दर सिंह २३ रन बनाइ कुशल मल्लको बलमा बोल्ड भए भने खावर अलीलाई सुसन भारीले ४१ रनमा बोल्ड गरे ।
यसजित सँगै ओमान लिग २ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ओमानले ९ खेलमा ७ विजय हात पार्दै १४ अंक जोडेको हो । अमेरिका १० खेलमा ६ विजय हात पार्दै १२ अंकको साथ दोस्रो स्थानमा छ । नेपालले ३ मध्येको दोस्रो हार व्यहोरेको हो । दुवै हार ओमानसँग रहेको छ ।
शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो भने त्रिकोणात्मक शृंखलामा नेपाल बुधबार १८ रनले पराजित भएको थियो । आउँदो बुधबार नै नेपालले अमेरिकासँग दोस्रो खेल खेल्नेछ ।