शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – हिउँले ढाकिएको अन्टार्कटिकामा जलवायु परिवर्तनसँगै हिउँ पग्लिँदै छ । अन्टार्कटिकामा अहिलेसम्मकै उच्च तापक्रम १८.३ डिग्री सेल्सियस नापिएसँगै जलवायु परिवर्तनको प्रष्ट भएको हो ।

अर्जेन्टिनाको अनुसन्धान केन्द्रले अन्टार्कटिकामा हालसम्मकै उच्च तापक्रम रेकर्ड गरेको हो । यसअघि सन् २०१५ को मार्चको १७.५ डिग्री सेल्सियस तापक्रम सबैभन्दा उच्च मानिएको थियो । उक्त केन्द्रले सन् १९६१ देखि तापक्रमको तथ्याङ्क राखेको छ ।

अन्टार्कटिका वा पृथ्वीको कुनै पनि स्थानमा हालसम्मको सबैभन्दा न्यून तापक्रम सन् १९८३ जुलाइ २१ मा रुसी भोस्टोक केन्द्रमा -८९.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया