शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका थप ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ ।

हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु गरिएको हो । यसअघि जहाजमा यात्रा गरिरहेका १० जनामा कोरोनाको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका ३ हजार ७ सय जनालाई गएको बुधबारदेखि नै १४ दिने क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजमा यात्रा गरिरहेका थप ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएसँगै जहाजमा रहेका ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । यससँगै जापानमा संक्रमितको संख्या ८६ पुगेको छ । यो चीन पछिको दोस्रो ठूलो संख्या हो ।

जहाजमा रहेका २८ जना जापानी, ११ जना अमेरिकी, अस्ट्रेलिया र क्यानाडाका सात–सात जना, चीनका तीन जना, यूके, न्यूजिल्याण्ड, ताइवान, फिलिपिन्स, र अर्जेन्टिना एक जनामा कोरोना भएको पाइएको हो ।

‘बाँकी १७१ जनाको स्वास्थ्य परीक्षणको नतिजा आएको छ जसमध्ये ४१ जनामा यसको संक्रमण भेटियो,’ जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले भने । ‘उनीहरुलाई आज विभिन्न प्रान्तका अस्पतालमा पठाइनेछ । हामी यसैका लागि तयारी गरिरहेका छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया