शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानका प्रमुख कार निर्माता कम्पनी टोयोटा, होण्डा लगायत आधा दर्जन कम्पनीहरुले चीनमा रहेका आफ्ना उद्योग बन्द अवधि बढाएका छन् । कोरोना भाइरसको संक्रमण फैलने त्रासमा चिनियाँ नयाँ वर्ष लुनारमा बन्द भएर फेब्रुअरी ३ तारिखबाट खुल्ने भएका कम्पनीहरु पुनः बन्द भएका छन् ।

जापानी कम्पनीहरु मित्सुबिसी सहित माज्दा लगायतले कोरोना संक्रमणको केन्द्र रहेको वुहान शहरका आफ्ना फ्याक्ट्री फेब्रुअरी ९ सम्म बन्द रहने घोषणा गरेको छ । यसैगरि होण्डा कम्पनीले १३ तारिखसम्म आफ्नो कम्पनी बन्द रहने सूचना जारी गर्दा टोयोटाले १० फेब्रुअरीसम्म नखुल्ने जनाएको छ ।

कोरोना भाईरसको संक्रमण केन्द्र मानिएको वुहानमा पानासोनिक, हिटाची लगायत कम्पनीहरुले पनि आगामी एक हप्ता उद्योग तथा मुख्य शो रुमहरु बन्द रहने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया