आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानलाई कर्मभूमि बनाउंदै आएका गायक माधव सिग्देल र देवी घर्ती मगरको आवाजमा रहेको पन्चेबाजामा आधारित गीत ‘भिरैको टुनीलाई…’ सार्वजनिक भएको छ । ‘लालुमै’, ‘लाउँछमाया’, ‘साइलो’, ‘सिलौटो’ गीतका सर्जक शिब हमालको लय तथा शब्द रहेको गीत माधव सिग्देलको यूट्यूव च्यानलमार्फत हालै सार्वजनिक भएको हो ।

मारुनी रेकड़िंग स्टुडियोमा अडियो रेकर्ड गरिएको गीतमा विश्वास नेपालको एरेञ्ज रहेको छ । गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेको हुन् भने छायांकन पनि निर्देशक भट्ट, दुर्गा पौडेल, देबराज आचार्यले गरेका छन् । बिष्णु शर्माले सम्पादन गरेको म्युजिक भिडियो निर्माण शाही भिजन प्रालिले गरेको हो ।

गीतको म्युजिक भिडियोमा गायक माधव सिग्देल र उनकी श्रीमती रोशनी अर्याल देखिएका छन् । गायक सिग्देल गत वर्ष बैबाहिक बन्धनमा बाधिएका हुन् । सिग्देलको अघिल्लो पन्चेबाजामा आधारित गीत ‘बिहेमा नौमती’ ले चर्चा कमाएको थियो । गायक सिग्देल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाका सचिव हुन् । *** भिडियो हेर्नका लागि तलको फोटोमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया