आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – चीनमा केही समयदेखि एक नयाँ भाइरसले एक जनाको ज्यान लिइसकेको छ भने दजनौंलाई अस्वस्थ बनाएको छ । उक्त भाइरसबारे प्रयाप्त सूचना संकलन नभएकाले एसियाभरी भाइरसलाई लिएर भय उत्पन्न भएको छ ।

विहिबार यही रोगको भाइरस जापानमा पनि पहिचान भएको छ ।
चीनमा नयाँ भाइरसबाट अहिलेसम्म ५९ जना संक्रमित भएको र थाइल्यान्डमा एकजनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ। त्यसैगरी, जापानमा पनि यसको संक्रमण देखिएको छ।

यो रोगको पहिलो लक्षण केन्द्रीय चीनको सबैभन्दा ठूलो सहर उहानमा उत्पति भएको थियो ।

विश्वभरका भाइरोलोजिष्ट अहिले चिनियाँ अनुसन्धानदाताले दिएको भाइरसको जिनोम सिक्वेन्स अध्ययन गरिरहेका छन् ।  अनुसन्धानदाताले अझै यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना खुट्याउन सकेका छैनन् ।
बुधबार अमेरिकी ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ ले उहानको भ्रमण गर्न चाहने यात्रुलाई पहिलो तहको भ्रमण सतर्कता जारी गरेको छ । यो तीन तहको यात्रा सतर्कतामा सबैभन्दा न्यून चेतावनी हो ।
विश्व स्वास्थ संगठनका अनुसार ६१ वर्षीया जापानी महिलाले आफू विगतमा उहानको स्थानीय बजारमा नियमित जाने गरेको स्वीकारेकी छन् । तर उनी जनवरी ५ मा रोग सार्वजनिक हुनुभन्दा अघि त्यहाँ गएकी थिइन् ।
नयाँ भाइरस पत्ता लागेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  छिमेकी मुलुक तथा विश्वमा सतर्कता अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले यस भाइरसको परिक्षण अन्य देशहरुको ल्याबमा भइरहेको र यसको उपचार पत्ता लागिसकेपछि विश्वमा यसको उपचार सार्वजनिक गर्ने जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया