शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कडले बिबाह गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले गायक आदित्य नारायण झासँग बिबाह गर्ने बताइएको छ । बिबाह हुने बारे उनीहरुका परिवारले नै जानकारी गराएका हुन् ।

आदित्य र नेहाका परिवारले इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको बिबाह हुने बारे बताएका हुन् । आदित्यले सञ्चालन गर्दै आएको इन्डियन आइडल–११ मा निर्णायकको भूमिकामा  नेहा छिन् । कार्यक्रमकै समयमा आदित्यले नेहासँग विवाहको प्रस्ताब राखेको बताइएको छ । उदितले पहिलेदेखी नै नेहालाई मनपराउने गर्थे । कार्यक्रममा नेहाले आदित्यको बुबाहामासँग आर्शिवाद पनि लिएकी छिन् ।

तपाईको प्रतिक्रिया