शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – फिल्म ‘जर्सी’ छायांकनको क्रममा बलिउड अभिनेता शाहिद कपूर घाइते भएका छन्।

तेलेगु ब्लकबस्टर फिल्म ‘जर्सी’को बलिउड रिमेकका लागि उनी हाल चन्डिगढमा छन्। त्यहाँ क्रिकेट खेल्ने सिन खिच्दै गर्दा बलले उनको ओठमा लागेको हो जसका कारण उनको ओठमा १३ टाँका लगाउनु परेको बलिउड बबलले जनाएको छ।

शाहिद घाइते भएसँगै जर्सीको छायाँकन स्थगित भएको छ। घाइते हुनुअघि शाहिदले रिहर्सल र छायांँकन स्थलको फोटो तथा भिडियो इन्स्टाग्राममार्फत् सेयर गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया