आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ।

पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले  च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् ।

संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउनुहुन्छ । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने उहाँको विश्लेषण छ । भट्टराई भन्नुहुन्छ, “च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन् ।”

 

 

तपाईको प्रतिक्रिया