आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बुटवल – प्रदेश नम्बर ५ को सरकारले माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघे संक्रान्तिका अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार पुस २९ गते मुख्यमन्त्री निवासको सरकारी निवासमा माघी पर्व मनाइने छ ।

यस्तै, बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म तीन दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको हो ।

यस्तै बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी तोकेको छ । मन्त्री चौधरीका अनुसार बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया