आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियामा लागेको आगलागीका कारण जनधनको क्षति भएकोमा आफूलाई दुख लागेको बताएका छन् ।

सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ज्ञवालीले धेरै मानिस र लाखौँ जनावरले ज्यान गुमाएकोमा आफूलाई दुख लागेको बताएका हुन् ।

‘धेरै मानिस र लाखौँ जनावरको ज्यान गएको र वनजंगलमा अपुरणीय क्षति गर्ने गरी अष्ट्रेलियामा लागेको आगलागीले मलाई दुखित तुल्याएको छ,’ उनले लेखेका छन्, ‘म त्यहाँका जनता र सरकारलाई समवेदना प्रकट गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया