आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष कुमार पन्तले अस्ट्रेलियामा आगलागीबाट समस्यामा परेमा खबर गर्न आग्रह गरेका छन् । उनले समस्यामा परेमा वा त्यसबारे जानकारी प्राप्त गरेमा भने एनआरएनए सूचित गर्न पनि अनुरोध गरेका छन् ।

‘अस्ट्रेलियामा भइरहेको आगलागी अकल्पनीय र दुःखद् छ । यस प्रकोपबाट आफू सुरक्षित रहन र आसपासमा रहनुभएका अरूलाई पनि सहयोग र्पुयाउन त्यहाँ रहनुभएका नेपालीलाई अनुरोध गर्दछु,’ उनले साममाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘समस्यामा पर्नुभएको वा त्यसबारे जानकारी प्राप्त गर्नुभएको छ भने गैरआवासीय नेपाली संघलाई सूचित गर्न पनि अनुरोध छ ।’

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अस्ट्रेलियाले उद्धार र राहतका निम्ति पहल गरिरहेको भन्दै यसको उच्च सह्राहना गरेका छन् । उनले विपदको यस घडीमा आर्थिक, भौतिक र मनोवैज्ञानिक साथ-सहयोगका निम्ति सम्पूर्ण गैरआवासीय नेपालीमा अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया