मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – अफ्रिकन आप्रवासीहरु बोकेको डुंगा एट्लान्टिक महासागरमा डुब्दा ५८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय आप्रवासी एजेन्सीका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । दक्षिण अफ्रिकी मुलुकका ती नागरिक रोजगारीका लागि अवैध बाटो हुँदै युरोप छिर्ने तयारीमा थिए ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्थाका अनुसार उक्त डुंगाले १ सय ५० जना आप्रवासी बोकेको थियो । इन्धन अभावका कारण डुंगा दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि ८३ जना पौडी खेलेरै किनारसम्म पुगेका थिए । उनीहरुलाई नौधिबौबाट मौरिटानियाका अधिकारीले उद्धार गरेका हुन् ।

तपाईको प्रतिक्रिया