आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् ।

आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गर्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो समाजवाद ल्याइदिने जिकिर गरेका हुन् ।

‘५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ । त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ । नेपालमा समाजवाद अवश्यम्भावी छ ।’

नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकिर गरे । ‘नेकपाको दस्तावेजमा उल्लिखित जनताको जनवादमा र विधानमा असहमति छ’ उनले भने । नेपालमा समाजवाद हवाई कल्पना मात्रै नभएको उनको जिकिर थियो । उनले यसो भन्दा कार्यक्रममा अन्य टिप्पणीकर्ता र सहभागीहरु हाँसेका थिए । पछिल्लो समय समृद्धि र विकासका उडन्ते कुरा गरेर नेता गौतम हाँसोको पात्र बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया