आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – अस्ट्रेलियामा पारिवारिक झगडा हुँदा श्रीमानको मृत्यु भएको छ । सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो ।

ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडाका कारण उनकै श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ । गौतमकी श्रीमती गोमा (नाम परिवर्तन) लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ । घटनापछि प्रहरीलाई फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगेका थिए ।

जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो । घटनामा सामान्य घाइते भएकी गोमालाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो ।

तपाईको प्रतिक्रिया