आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने नेपाल वायुसेवा निगमले पनि विभिन्न कार्यक्रम गर्ने भएको छ । जसमा नेपाल एयरलाइन्सका जहाजमा पनि भ्रमण वर्षको लोगो राखिने भएको छ ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउन रणनीतिक कार्य योजनालाई थप परिष्कृत एवं परिणाममुखी बनाउने जनाएको छ । मंसिर ५ गते बसेको निगम सञ्चालक समितिको बैठकले निगमको सम्पूर्ण विमान र निगमको स्वामित्वमा रहेको सबै सवारी साधनमा भ्रमण बर्षको लोगो राख्ने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेश मिश्रले बताए । त्यसका लागि सबै विभागलाई निर्देशन दिएको जनाएको छ ।

त्यस्तै निगमले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलवाट फेसबुक, ट्वीटर, ईन्स्टाग्राम र यूट्युबमा पनि पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री राखिने जनाएको छ । त्यस्तै भ्रमण वर्षलाई लक्षित गरि निगमले केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष राति ८ बजेसम्म खुल्ला राखिने भएको छ ।

काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीसँग सम्झौता गरि विदेशबाट आएका यात्रुलाई निगमका बाह्य स्टेसनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने जनाएको छ । भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम गर्न पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया र पर्यटक सहजिकरणका लागि उप-समिति गठन गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया