शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – सम्बन्धमा रहेका ५० प्रतिशत महिलाले ब्याकअप पार्टनर हुने गरेको एउटा अध्ययनले देखाएको छ ।

तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको डेली मेलले लेखेको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ ।

बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसंगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ ।

तर त्यसरी ब्याकअपमा बस्ने पुरुष कस्ता हुन्छन् ? अध्ययनको तथ्यांकअनुसार त्यस्ता पुरुष पुराना साथी धेरै हुने गरेको पाइएको छ । जोसंग सम्बन्धित महिलाको नजिकको भावनात्मक सम्बन्ध पनि हुन्छ । योसंगै पूर्वप्रेमी, पूर्वपति पनि हुन सक्छन् ।सहकर्मी वा महिलाका जीम सेन्टरलगायतमा भेटिएका साथी पनि हुन सक्छन् ।

यो सर्वेक्षणमा एक हजार महिलासंग कुराकानी गरिएको थियो । यस्तो सर्वेमा अर्को योजनामा राखिएका साथी केही लामो समय अथवा ७ बर्ष अघिसम्मको चिनजानका हुने गरेका छन् । अध्ययनमा आएका १० प्रतिशत महिलाले त अतिरिक्त योजना भइसकेको स्वीकार गरेका थिए, अहिले कायम रहेको पनि उल्लेख गरे ।

१० जनामा ४ जना भन्दा बढीले त पारिवारिक रुपमा नै कुराकानी भइरहेको पनि उल्लेख गरे । सानो प्रतिशतमा महिलाले त्यस्ता साथी भेटिएको पनि कुराकानीको दौरानमा बताए ।

डेली मेलमा प्रकाशित भएको अध्ययनअनुसार १२ प्रतिशत भन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पतिभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरुको भावना राम्रोसंग बुझेको बताए ।

कतिपय महिलाले चाहिँ आफ्ना ब्याकअप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । अनपोल डटकमले तयार पारेको सर्वेक्षणले यस्तो नतिजा निकालेको हो । त्यसका बजार व्यवस्थापक तथा प्रवक्ताले भनेका छन्,-‘यो अध्ययनको नतिजाले केहीलाई अचम्मित बनाउन सक्छ ।’

घरवारको मामिलामा जे पनि हुन सक्ने संभावना भएकाले आजका महिलाले अतिरिक्त योजनामा अर्का पुरुष राखेका हुन सक्छन् । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल ब्याक अप पार्टनरसंग सम्पर्कमा रहन सरल माध्यम बन्ने गरेका छन । एजेन्सी  ***

तपाईको प्रतिक्रिया