शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

बेनी – म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि बिम जाँदै गरेको ग१ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माका अनुसार स्थानीयले घटनास्थलमा चार जनाको शव भेटिएको छ।

‘स्थानीयले चार जनाको मृत्यु भएको जानकारी गराएका छन्। घटनास्थल पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले एक जनाको शव बाहिर निकालेको र तीन वटा शव गाडीले च्यापीएको अवस्थामा रहेको जानकारी गराएका छन्।

घटनास्थलमा रहेका किसानी मावि बिमका शिक्षक लक्ष्मण गौतमका अनुसार उपल्लो सडकबाट पल्टीएको बस एक घुम्ती तल पुगेको छ। साँझ साढे ६ बजेतिर दुर्घटना भएको हो। तीन जना महिला र एक जना बालकको शव भेटिएको शिक्षक गौतमले बताए।  घाइतेलाई उपचारका लागि दरवाङ प्राथमिक केन्द्रमा ल्याइएको छ।***

तपाईको प्रतिक्रिया